अमेरिका–इरान द्वन्द्वको असरः कतारमा आर्थिक संकट गहिरिँदै, सरकारी खर्चमा ३०% सम्म कटौती
काठमाण्डौ । अमेरिका–इरानबीच जारी द्वन्द्व तथा स्ट्रेट अफ हर्मुजमा उत्पन्न अवरोधका कारण कतारको अर्थतन्त्रमा गम्भीर दबाब परेको छ। आर्थिक गतिविधिमा आएको सुस्ततासँगै कतार सरकारले सरकारी खर्च कटौती गर्न थालेको छ।रिपोर्टअनुसार कतारका विभिन्न सरकारी निकायको बजेटमा ३० प्रतिशतसम्म कटौती गरिएको छ भने विदेशमा प्रदान गरिँदै आएको सहायता रकममा करिब ८५ प्रतिशतले कमी गरिएको छ।...

