बिहीबार, श्रावण १४,२०८३ 12:15:04
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 12:15:04
Bizshala
Global IME Bank Limited

ट्रम्पलाई घुसको रुपमा बोइङको जेट उपहार दिन लागेको होइनौ: कतार

ट्रम्पलाई घुसको रुपमा बोइङको जेट उपहार दिन लागेको होइनौ: कतार
New Office

काठमाण्डौ । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रस्ताव गरिएको जेट विमान ह्वाइट हाउसबाट अनुचित फाइदा लिनका लागि नभएको बताएका छन् ।  

ट्रम्पले हालै गरेको खाडी देशहरुको भ्रमणको बेला कतार सरकारले उनलाई ४ सय मिलियन मूल्य पर्ने बोइङ ७४७ जेट विमान उपहार स्वरुप प्रदान गर्ने प्रस्ताव गरेको थियो । कतारले यस्तो प्रस्ताव गरेपछि अमेरिकामा विपक्षी पार्टीका नेताहरुले अमेरिकाबाट अनुचित फाइदा लिनका लागि यस्तो प्रस्ताव गरिएको भन्दै चर्को विरोध गरेका थिए ।  

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत उक्त प्रस्ताव गरिएको विमान आएपछि राष्ट्रपतिका लागि प्रयोग हुँदै आएको ४० वर्ष पुरानो एयर फोर्सको विमान अस्थाई कालका लागि विस्थापित गरिने बताएका थिए । यसका साथे उनले उक्त विमान आगामी प्रेसिडेन्सियल लाईब्रेरी फाउण्डेशनमा प्रयोग हुने समेत बताएका थिए ।  

विमान उपहार दिने प्रस्तावको विरोध भएपछि कतारका प्रधानमन्त्री शेख मोहम्मदले यसलाई सामान्य भएको बताएका छन् । ‘कतार र अमेरिकाको सम्बन्ध एकदमै संस्थागत छ । विमान प्रदान गर्ने निर्णय रक्षा विभागको हो र यो पारदर्शी र कानुनी रुपमा गरिएको छ । यो हाम्रो सहकार्यको एक हिस्सा हो र हामी यस्तो संयुक्त रुपमा दशकौंदेखि गर्दै आईरहेका छौं’ उनले भने ।  

ट्रम्पको भ्रमणको क्रममा कतार एयरवेजले बोइङको १६० वटा विमान खरिद गर्ने सम्झौता गरेको थियो । जसलाई कम्पनीको हालसम्मकै ठूलो खरिद सम्झौता भनिएको छ ।  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.