रिज लाइन इनर्जीको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत नगद लाभांश पारित
काठमाण्डौ । रिज लाइन इनर्जी लिमिटेडको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष डा. बसन्त गिरीको अध्यक्षतामा गत कात्तिक १७ गते ललितपुरस्थित कुपण्डोल ब्याङ्क्वेटमा सम्पन्न सभाले नगद लाभांश वितरणसहित विभिन्न साधारण तथा विशेष प्रस्ताव पारित गरेको छ।

