बिहीबार, आश्विन १५,२०८३ 10:58:48
Bizshala
  • बिहीबार, आश्विन १५,२०८३ 10:58:48
Bizshala
Global IME Bank Limited

रिज लाइन इनर्जीले बोलायो साधारणसभा, १२.४७ करोड रुपैयाँ नगद लाभांश प्रस्ताव

Bizshala
रिज लाइन इनर्जीले बोलायो साधारणसभा, १२.४७ करोड रुपैयाँ नगद लाभांश प्रस्ताव
New Office

काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज १४ गते बसेको १२३औँ बैठकले कात्तिक १७ गते साधारणसभा गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ। त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित २०८३ असार मसान्तसम्मको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०८२/८३ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभाको कार्यसूचीमा छ। कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम करसहित १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा नगद लाभांश स्वीकृत गर्ने प्रस्तावसमेत सभामा पेश गरिनेछ।

यस्तै, सहायक कम्पनी स्थापना गर्न सञ्चालक समितिको १२१औँ बैठकबाट भएको निर्णय अनुमोदन गर्ने तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि साधारणसभामा लगिनेछ। सभामा विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गर्ने तथा अर्थपूर्ण कारोबार र सोमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पेश हुनेछ।

त्यसैगरी, दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेडको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि विशेष प्रस्तावका रूपमा राखिएको छ। कम्पनीले मेवा खोला जलविद्युत आयोजना (१२.५०४ मेगावाट) को विद्युत् उत्पादन सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण वा बिक्री गर्ने प्रस्तावसमेत साधारणसभामा पेश गर्ने जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.