काठमाडौं। रिज लाइन इनर्जी लिमिटेडले विद्युत् उत्पादनको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको माईवा खोला जलविद्युत् आयोजना (९.४० मेगावाट)का लागि सहायक कम्पनी स्थापना गर्ने भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई पठाएको पत्रमार्फत उक्त जानकारी गराएको हो।
कम्पनीका अनुसार २०८३ असार १३ गते सम्पन्न सञ्चालक समितिको १२१औँ बैठकले माईवा खोला जलविद्युत् आयोजनामा कम्पनीको स्वामित्व रहने गरी ‘रिज पावर लिमिटेड’ नामको प्रस्तावित सहायक कम्पनी स्थापना गर्ने निर्णय गरेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।