५१ डलर चन्दा दिएको भन्दै महिलालाई १२ वर्ष जेल सजाय हुने
काठमाण्डौ। रुसी अदालतले कसेनिआ करेलिना नामकी एक महिलालाई युक्रेनलाई साथ दिइरहेको र परोपकारी संस्थालाई ५१ अमेरिकी डलर चन्दा दिएपछि देशद्रोहको अभियोगमा १२ वर्षको जेल सजाय सुनाएको छ। अमेरिका र रुसको दोहोरो नागरिकता भएकी करेलिनाले गत साता बन्द कोठाभित्र भएको एक सुनुवाइका क्रममा आफ्नो दोष स्वीकार गरेकी बताइएको छ।लस एन्जलसमा बसिराखेकी उनी सन् २०२१ मा अमेरिकी नागरिक बनेकी...