माजिद अन्सारीमाथि कुटपिट प्रकरणमा मानव अधिकार आयोगमा उजुरी
काठमाण्डौ । जेनजी अभियानी माजिद अन्सारीमाथि कुटपिट गरी प्रहरीले नियन्त्रणमा लिएको घटनाविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।जेनजी मुभमेन्ट अलायन्सले सोमबार सरकार, गृह प्रशासन र नेपाल प्रहरीविरुद्ध आयोगमा उजुरी दर्ता गराएको हो।

