आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउने प्रतिबद्धता
काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले कोशी प्रदेशका उद्योगी तथा औद्योगिक संगठनका प्रतिनिधिहरूसँग भेट गरी आन्तरिक रोजगारी प्रवद्र्धनका विषयमा छलफल गरेका छन् । भेटका क्रममा इटहरीमा सञ्चालन भइरहेको कोशी प्रदेशस्तरीय सीप तथा रोजगार मेला, २०८३ को समीक्षा गर्दै रोजगारी सिर्जना, सीप विकास तथा श्रम बजारको आवश्यकताअनुसार जनशक्ति उत्पादनका विषयमा छलफल भएको...

