बिहीबार, असार ३२,२०८३ 07:27:49
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 07:27:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रोजगारी सिर्जना र सीप विकासमा सरकार–निजी क्षेत्र सहकार्य बढाउने विषयमा छलफल

Laxmi Sunrise Bank Limited
रोजगारी सिर्जना र सीप विकासमा सरकार–निजी क्षेत्र सहकार्य बढाउने विषयमा छलफल

काठमाण्डौ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा बुधबार सरकार र निजी क्षेत्रबीच रोजगारी सिर्जना तथा सीप विकासका विषयमा अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ।

छलफलमा सांसद विदुषी राणा, अनुष्का श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा विभिन्न व्यावसायिक सङ्घ–संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा Workplace-Based Training र Apprenticeship Program मार्फत उद्योगलाई आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, युवालाई प्रत्यक्ष रोजगारीसँग जोड्ने, श्रम बजारको आवश्यकता अनुरूप सीप विकास गर्ने तथा रोजगार सिर्जनामा निजी क्षेत्रको सक्रिय सहभागिता बढाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

छलफलका क्रममा श्रम मन्त्री यादवले सरकारले अघि बढाएको "आन्तरिक रोजगारी प्रवर्द्धनको दशक" अभियानलाई सफल बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउने दिशामा मन्त्रालय प्रतिबद्ध रहेको बताए।

उनले युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन निजी क्षेत्रसँगको साझेदारीलाई थप सुदृढ बनाइने र उद्योगको मागअनुसार दक्ष जनशक्ति उत्पादनमा जोड दिइने पनि उल्लेख गरे।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.