६ महिनामा रु.१०.६२ खर्ब रेमिट्यान्स भित्रियो
काठमाण्डौ । चालु आर्थिक वर्षको ६ महिनासम्ममा साढे १० खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार ३९.१० प्रतिशतले बढेर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । गत वर्षको सोही अवधिमा रेमिट्यान्स ४.२ प्रतिशतले बढेको थियो । पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रहको छ ।

