रिद्धि सिद्धि सिमेन्टले आईपीओको प्रतिशत परिवर्तन गर्ने
काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आईपीओ निष्कासनको प्रतिशत परिवर्तन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रतिशत परिवर्तन गर्न विशेष साधारण सभा डाकेको छ ।माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी फागुन १० गते विशेष साधारण सभा डाकेको छ ।

