सोमबार, असार २,२०८२ 01:58:56
  • सोमबार, असार २,२०८२ 01:58:56
Global IME Bank Limited

रिद्धि सिद्धि सिमेन्टले एसईईमा मकवानपुरका उत्कृष्ट विद्यार्थीलाई मासिक ५ हजारदेखि १५ सयसम्म प्रदान गर्ने

Hyundai Nepal
रिद्धि सिद्धि सिमेन्टले एसईईमा मकवानपुरका उत्कृष्ट विद्यार्थीलाई मासिक ५ हजारदेखि १५ सयसम्म प्रदान गर्ने
Nabil Bank Limited

काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरि ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द ईयर’ २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनःसञ्चालनमाल्याएको छ ।  

यस छात्रवृत्तिअन्तर्गत २०८० मा परिक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाका विद्यार्थीहरुलाई लक्षित गरि उक्त एसईई परीक्षामा ३.५ जीपीएदेखि ४ जीपीए ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने कम्पनीले जनाएको छ ।

गत सालमा आयोजना गरिएको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द ईयर २०८० छात्रवृति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए। पछिल्लो वर्षको छात्रवृति कार्यक्रमको सफलतापश्चात कम्पनीद्वारा यो वर्ष थप ४ विद्यार्थीको संख्यामा वृद्धि गरि कुल १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृति प्रदान गरिनेछ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५ हजार दोश्रो हुनेलाई ३ हजार ५०० र तेश्रो हुनेलाई रु. २ हजार ५०० साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१ हजार ५०० रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।  

यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट (www.riddhisiddhicements.com)वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा उल्लेखित  गरिएको क्यूआर कोड स्क्यान गरी फारम भुर्नपर्नेछ । आवेदकको फारम बुझाउने अन्तिम मिति आगामी असार २३ गतेसम्मका लागि तोकिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.