सोमबार, असार २,२०८२ 02:12:47
  • सोमबार, असार २,२०८२ 02:12:47
Global IME Bank Limited

रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१’ छात्रवृत्ति कार्यक्रम सम्पन्न

Hyundai Nepal
रिद्धि सिद्धि सिमेन्टको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१’ छात्रवृत्ति कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले मकवानपुर जिल्लालाई लक्षित गरि पुनआयोजना गरेको ‘मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८१ को छात्रवृत्ति कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सो कार्यक्रम आयोजना गरेको जनाएको छ ।  

यस छात्रवृत्ति कार्यक्रममा कुल १४५ विद्यार्थीहरु सहभागी भएका थिए । कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगितामार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरिएकोे कम्पनीले जनाएको छ । । यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एसईई परीक्षामा ४ जीपीए  ल्याएकी रितिका छत्कुलीलाई सम्मान स्वरूप नगद रु १० हजार १ रुपैयाँ प्रदान गरिएको थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, उक्त कार्यक्रममा हेटौडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाको उपस्थिति रहेको थियो । यसका साथै, मकवानपुर जिल्लाबाट एसईईमा उत्कृष्ठ अंक ल्याउने सफल विद्यालय बालजागृति इंग्लिश बोडिङ स्कूलका प्रधानअध्यापक, जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उपमहानगरपालिका वडा नं ५ तथा बिद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो ।

यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५ हजार, दोश्रो हुनेलाई रु. ३ हजार ५०० तेश्रो हुनेलाई रु. २ हजार ५०० साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१ हजार ५०० एक वर्षसम्म उपलब्ध गराउने जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.