रायन एयरले रद्द गर्यो १७० भन्दा बढी उडान, हजारौं यात्रु प्रभावित
काठमाण्डौ । फ्रान्सको एयर ट्राफिक कन्ट्रोलको हडतालका कारण हजारौं यात्रुले समस्या भोगेका छन् । यस हड्तालका कारण बिहीबार र शुक्रबार फ्रान्समा धेरै उडानहरू रद्द भएका छन् । जसको असर युरोपका अन्य भागहरूमा पनि परेको छ। कम लागतको वायुसेवा कम्पनी रायनएयरले ३० हजारभन्दा बढी यात्रुको बिदाको योजना प्रभावित भएपछि १७० भन्दा बढी उडान रद्द गर्नुपरेको जनाएको छ ।