सुमेरु सहकारीको जग्गा बिक्री तेस्रो पटक पनि असफल, पुनः लिलामी सूचना
काठमाण्डौ । बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले समस्याग्रस्त सुमेरु सेभिङस एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको जग्गा बिक्री प्रक्रिया तेस्रो पटक पनि अघि बढ्न सकेन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पुनः एक साता समय दिएर लिलामी सूचना जारी गरेको छ ।

