साना ईभीलाई राहत, सडक दस्तुर २.५ % मा झर्यो
काठमाण्डौं । बजेट सार्वजनिक भएको केही दिनमै सरकारले विद्युतीय सवारीसाधनसम्बन्धी कर नीतिमा आंशिक संशोधन गर्दै साना क्षमताका ईभीलाई राहत दिएको छ। आर्थिक विधेयक, २०८३ मा गरिएको नयाँ संशोधनअनुसार २० लाख रुपैयाँभन्दा कम मूल्यका विद्युतीय गाडीमा लाग्ने सडक निर्माण दस्तुर ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशत कायम गरिएको छ।

