सोनापुर मिनरल्सले बोलायो साधारण सभा, ५.२६३ प्रतिशत नगद लाभांश दिने
काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले मङ्सिर २३ गते १९औँ वार्षिक साधारण सभा बोलाएको छ ।

