काठमाडौँ । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले मङ्सिर २३ गते १९औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव रहेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मङ्सिर १० गते सेयर दाखिला किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसअनुसार मङ्सिर ९ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।