काठमाडौँ । अभियान इन्भेस्टमेन्ट ग्रुप अफ नेपाल लिमिटेडले सेयरधनीलाई १० प्रतिशत सेयर लाभांश र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी मङ्सिर २५ गते शुक्रबार १०औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार साधारण सभा कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणसहितका वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समिति गठन गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट प्रस्तावित लाभांश वितरण गर्ने र कम्पनीको जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।