म्यादी प्रहरीको कपडा खरिदमा लेखा समिति मौन, सांसद सुनारले उठाए प्रश्न
काठमाण्डौ । सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीका लागि कपडा खरिद गर्दा अनियमितता भएको आरोपबारे सार्वजनिक लेखा समितिले प्रभावकारी छानबिन नगरेको भन्दै प्रश्न उठाएका छन्। उनले प्रकरणमा गम्भीर अनुसन्धान गरी दोषी देखिए सम्बन्धित निकायमा कारबाहीका लागि सिफारिस गर्न माग गरेका छन्।शुक्रबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले कपडा खरिदसम्बन्धी कागजात १५...

