मंगलवार, आश्विन २७,२०८३ 01:11:43
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:11:43
Bizshala
Global IME Bank Limited

आरोपपछि खगेन्द्र सुनारको प्रतिक्रिया– दोषी ठहरिए सांसदबाट निलम्बित हुन पनि तयार छु

Bizshala
आरोपपछि खगेन्द्र सुनारको प्रतिक्रिया– दोषी ठहरिए सांसदबाट निलम्बित हुन पनि तयार छु
New Office

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि लागेको आरोपबारे पार्टी र राज्यका निकायले गर्ने जुनसुकै छानबिनमा सहयोग गर्न तयार रहेको बताएका छन्।

एक महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको र ब्ल्याकमेलिङ गरेको भनिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सुनारले मंगलबार भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले आफूमाथि उठेका हरेक प्रश्नको जवाफ दिन तयार रहेको उल्लेख गर्दै आवश्यक परे पार्टीको केन्द्रीय समितिबाट मात्र नभई सांसद पदबाट समेत निलम्बित हुन तयार रहेको बताएका छन्।

‘म जनताको बीचमा उठेका प्रत्येक प्रश्नको जवाफ दिन तयार छु। राज्यले वा पार्टीले गर्ने सबै खालका छानबिनमा सघाउँछु,’ उनले भनेका छन्, ‘केन्द्रीय समितिबाट निलम्बन हुनुपर्ने हो भने पनि तयार छु, सांसदबाट निलम्बन हुनुपर्ने हो भने पनि तयार छु।’

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यसअघि सार्वजनिक भएको अडियोपछि रास्वपाले सुनारलाई औपचारिक कार्यक्रममा सहभागी हुन रोक लगाउँदै आन्तरिक छानबिन अघि बढाएको थियो।

बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुनारले आफूविरुद्ध सार्वजनिक गरिएको अडियो भने बनावटी भएको दाबी गरेका छन्।

उनले प्रहरी संगठनभित्रको भ्रष्टाचारबारे प्रश्न उठाएकै कारण आफूलाई लगातार निशाना बनाइएको आरोपसमेत लगाएका छन्।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

पार्टीको कामका सिलसिलामा दाङमा रहेका सुनारले आफूले कुनै कानुनी अपराध गरेको प्रमाणित भए तत्काल कारबाही भोग्न तयार रहेको बताएका छन्।

उनले भनेका छन्, ‘मैले कानुनको आँखामा कुनै अपराध गरेको छु भने यही दाङबाट हतकडी लगाएर लैजान पनि मलाई कुनै आपत्ति छैन।’

अडियो प्रकरणपछि पार्टीले छानबिन प्रक्रिया अघि बढाएको अवस्थामा सुनारले सार्वजनिक रूपमा जवाफदेही बन्न तयार रहेको बताएका हुन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X