नेपाली अटो मेकानिकले चीनको SAIC कारखानामा ईभी प्रविधिको प्रत्यक्ष अवलोकन गरे
काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग र बजार विस्तार भइरहेका बेला दक्ष प्राविधिक जनशक्ति विकासमा जोड दिन थालिएको छ । यही क्रममा नेपाल अटो मेकानिक व्यवसाय महासंघका ३० जना प्रतिनिधिले चीनको चोङछिङस्थित SAIC Motors को उत्पादन कारखानाको अवलोकन गरेका छन् ।नेपालमा SAIC तथा सम्बन्धित ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक भिजी मोटर्सको पहल तथा SAIC को सहयोगमा...

