सम्पत्ति छानबिन आयोगद्वारा म्याद थप, ३,५०० जनाले मात्र विवरण बुझाएपछि असार मसान्तको समय
काठमाण्डौ । सम्पत्ति छानबिन आयोगले सार्वजनिक पद धारण गरेका उच्च तहका अधिकारीहरूलाई सम्पत्ति विवरण बुझाउने समय असार मसान्तसम्म थप गरेको छ। आयोगले यसअघि तोकेको जेठ मसान्तको समयसीमा सकिनै लाग्दा अपेक्षित सहभागिता नदेखिएपछि अन्तिम अवसरका रूपमा म्याद थप गर्ने निर्णय गरेको हो।

