सानिगाड हाईड्रोको नाफामा ३९०.१५% को उछाल, ईपीएस पनि बढ्यो
काठमाण्डौ । सानिगाड हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा ३९०.१५ प्रतिशतको बढोत्तरी आएको छ । अघिल्लो आवमा ५ करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने २६ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।कम्पनीको विद्युत बिक्री आम्दानी पनि ३.६९ प्रतिशतले बढेर १ अर्ब ११...

