काठमाण्डौ । सानिगाड हाईड्रो लिमिटेडले गत आवको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीको नाफामा ३९०.१५ प्रतिशतको बढोत्तरी आएको छ । अघिल्लो आवमा ५ करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म भने २६ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि ३.६९ प्रतिशतले बढेर १ अर्ब ११ करोड पुगेको छ । यस्तै कम्पनीले १ लाख ७० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
यस अवधिमा कम्पनीको वित्त खर्च घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ५७ करोड ५१ लाख रहेको कम्पनीको वित्त खर्च घटेर ४० करोड ४७ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको अन्य सञ्चालन खर्च पनि २ करोड ५१ लाखबाट घटेर २ करोड ३८ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिजर्भको आकार ९ करोड १२ लाखबाट घटेर ३३ करोड ४४ लाख पुगेको छ । २ अर्ब ८५ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.७२ रुपैयाँबाट बढेर ९.३३ रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०४.५७ रुपैयाँबाट बढेर १११.८० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।