सप्तकोशी बैंकभित्र गम्भीर बेथितिः भल्टमा नगद अपचलन, खातामा कर्मचारीको अनधिकृत पहुँच
काठमाण्डौ । सर्वसाधारणले सुरक्षाको विश्वासमा जम्मा गरेको नगद राखिने सप्तकोशी डेभलपमेन्ट बैंकको भल्टमै अपचलन भएको गम्भीर तथ्य बाहिरिएको छ। बैंकका कर्मचारीले ग्राहकको खातामा अनधिकृत पहुँच राखेको समेत नेपाल राष्ट्र बैंकको स्थलगत निरीक्षणबाट देखिएको छ।घटना सार्वजनिक भइसकेपछि पनि बैंकको नेतृत्वले विस्तृत छानबिन नगरेको, दोषीमाथि कारबाही नगरेको र आन्तरिक नियन्त्रण...

