बीमा प्राधिकरणमा साढे ४ महिना पनि टिकेनन् शरद ओझा, फर्जी कागजातको भरमा नियुक्ति खाएपछि परे फन्दामा
काठमाण्डौ । नियुक्तिको साढे ४ महिनामै बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन् । फर्जी कागजात पेश गरेर बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्ति लिएको आरोप लागेका उनको विषयमा छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सरकारले निर्णय गरेसँगै ओझा स्वतः निलम्बनमा परेका हुन् ।