मंगलवार, असार ३१,२०८२ 09:04:30
  • मंगलवार, असार ३१,२०८२ 09:04:30
Global IME Bank Limited

अन्ततः बीमा प्राधिकरणको अध्यक्षमा देउवाका पुरोहितका छोराले मारे बाजी

Hyundai Nepal
अन्ततः बीमा प्राधिकरणको अध्यक्षमा देउवाका पुरोहितका छोराले मारे बाजी
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निजी पुरोहितका छोराले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बाजी मारेका छन् ।  

देउवाका निजी पुरोहितका छोरा तथा पत्रकार शरद ओझालाई आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । 

Muktinath Bikas Bank Limited

ओझा आर्थिक क्षेत्रमा सक्रिय पत्रकारिता गरिरहेका व्यक्ति हुन् । उनलाई देउवा परिवारको दवाबमा प्राधिकरणको अध्यक्ष बनाइएको हो ।  

प्रतिस्पर्धामा रामशरण पूडासैनी र दामोदर बसौलाको नाम सिफारिस समितिले सरकारलाई सिफारिस गरेको थियो । प्राधिकरणको तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचार आरोप लागेपछि रिक्त रहेको पदमा आवेदन आह्वान गरिएको थियो । 

आवेदन दिएको समयदेखि ओझालाई प्राधिकरणको अध्यक्ष बनाउने चर्चा थियो ।  

पूर्वयोजनाअनुसार नै कांग्रेसको भागमा परेको प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त भएका हुन् ।  

बीमा प्राधिकरण(पहिलाको बीमा समिति)को अध्यक्षको रुपमा नियुक्त हुने ओझा हालसम्मकै कान्छो व्यक्ति पनि हुन् ।  ३३ वर्षीय ओझाले ब्यबस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।  

 

यसअघि प्रकाशित सम्बन्धित समाचार :

  1. बीमा प्राधिकरण अध्यक्षमा ५ नाम सर्टलिस्टेड, अर्थमन्त्रीका साथी र देउवाका पुरोहितका छोराबीच अन्तिम भिडन्त हुनसक्ने
  2. बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस, ओझा र पूडासैनीमध्ये एकजना बन्ने सम्भावना उच्च

 

 

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.