सेयर धितो कर्जा प्रवाह ३७.७५% ले बढ्यो, लगानीकर्ताले लिए ५ महिनामा झण्डै डेढ खर्बको लोन
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले झण्डै डेढ खर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट चालु आवको ५ महिनासम्ममा १ खर्ब ४८ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर धितो राखेर कर्जा लिएका हुन् ।यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३७.७४ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले...

