सोमबार, असार २,२०८२ 03:28:34
  • सोमबार, असार २,२०८२ 03:28:34
Global IME Bank Limited

९.७१% ब्याजदरमै नेपाल बैंकबाट पाइन्छ सेयर कर्जा, ब्राण्डिङ नहुँदा लगानीकर्ता बेखबर

Hyundai Nepal
९.७१% ब्याजदरमै नेपाल बैंकबाट पाइन्छ सेयर कर्जा, ब्राण्डिङ नहुँदा लगानीकर्ता बेखबर
Nabil Bank Limited

काठमाण्डौं । नेपालको पहिलो बैंक, नेपाल बैंकले आकर्षक ब्याजदरमा सेयर धितो कर्जा उपलब्ध गराइरहेको भए पनि लगानीकर्ताको आकर्षण भने अत्यन्त न्यून देखिएको छ ।  

बैंकले आकर्षक ब्याजदरमा सेयर लगानीकर्ताका लागि कागजात पुगेको २ कार्यदिनमै सेयर कर्जा दिने बताए पनि लगानीकर्ताको आकर्षण भने देखिन्न ।  

बैंकले सेयरधितो कर्जाको ब्राण्डिङ पनि खासै गर्न सकेको छैन । जसका कारण सेयर कर्जा आवश्यक हुनेले पनि नेपाल बैंकले सहुलियत दरमा छिटोछरितो सेवा दिन्छ भन्ने कुरा थाहा पाएका छैनन् । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पछिल्लो समय नेपाल बैंकमा नयाँ नेतृत्व आएको छ । सो नेतृत्व पुरातन सोंचमै रमाउने गरेको कर्मचारी दाबी गर्छन् । नेतृत्वले आफ्नो प्रडक्टको ब्राण्डिङमा चासो नै नदिएको र पुरातन बैंकिङ शैलीमा रमाउँदा समस्या भएको उनीहरु बताउँछन् ।  

यही प्रवृतिका कारण आकर्षक ब्याजदरमा पाइने सेयरधितो लगायतका कर्जाहरु बैंकबाट उल्लेख्य रुपमा प्रवाह हुन नसकेको देखिएको छ ।  

सेयर कर्जाकै प्रवाहकै लागि भनेर खटाइएका कर्मचारी फुर्सदिला देखिन्छन् । एक कर्मचारीले हाल मुश्किलले दिनमा एक–दुईजना मात्रै सेयर कर्जाको विषयमा बुझ्न आउने गरेको जानकारी दिए ।  

बैंकले यस्तो सेयर कर्जा ९.७१ प्रतिशत ब्याजदरमा उपलब्ध गराइरहेको छ । कर्जा लिन चाहनेले न्यूनतम ५ लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्म सेयर कर्जा पाउनेछ । यसका लागि कुनै आम्दानीको स्रोत आवश्यक नरहेको पनि बैंकले जनाएको छ ।  

बैंकले बाणिज्य बैंकमा १८ वटा, विकास बैंकमा ७ वटा, जलविद्युतमा ६ वटा, इन्स्योरेन्समा १४ वटा, माइक्रो फाइनान्समा ६ र अन्य समूहका ५ वटा कम्पनीको सेयर धितोमा राखेर कर्जा उपलब्ध गराउँदै आएको छ ।  

आवश्यक कागजपत्रमा कर्जा लिने र जवानी बस्नेको परिचयपत्र, फोटो, नाता प्रामाणित, डीम्याटको स्टेटमेन्ट, बैंक खाता आवश्यक पर्नेछ । कम्पनीको हकमा प्यान नम्बर र भ्याट सर्टिफिकेट आबश्यक रहने, तर व्यक्तिको हकमा ५० लाखभन्दा बढी कर्जा लिनेलाई भने प्यान नम्बर आवश्यक रहन्छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.