शुक्रबार, बैशाख ४,२०८३ 03:24:48
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 03:24:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर धितो कर्जा प्रवाह ३७.७५% ले बढ्यो, लगानीकर्ताले लिए ५ महिनामा झण्डै डेढ खर्बको लोन

Bizshala
सेयर धितो कर्जा प्रवाह ३७.७५% ले बढ्यो, लगानीकर्ताले लिए ५ महिनामा झण्डै डेढ खर्बको लोन
Shivam Cement

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले झण्डै डेढ खर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाबाट चालु आवको ५ महिनासम्ममा १ खर्ब ४८ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर धितो राखेर कर्जा लिएका हुन् ।

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३७.७४ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७ अर्ब ९४ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पछिल्लो समय बैंकहरुको ब्याजदर निरन्तर घट्न थालेपछि सेयर धितो कर्जा प्रवाह भने बढ्न पुगेको हो । सेयर लगानीकर्ताहरुले घट्दो ब्याजदरको कारण आफ्नो स्वामित्वमा रहेको सेयर धितो राखेर कर्जा लिएको तथ्याङ्कले देखाएको छ ।

बैंकले आफ्नो व्यवस्थाअनुसार कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको पुरानो सेयर वा आगामी दिनमा खरिद गर्ने सेयरलाई धितोको रुपमा राखेर कर्जा प्रवाह गर्न सक्दछ । लगानीकर्ताहरुले आफ्नो नाममा भएको सेयर बैंक वित्तीय संस्थामा धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।  

तर सेयर धितो राखेर लिएको कर्जा भने लगानीकर्ताले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सक्नेछ । तर अधिकांश सेयर धितो कर्जा सेयर खरिदमा नै प्रयोग हुने देखिएको छ । धितोपत्र दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढेसँगै बैंक वित्तीय संस्थाबाट यस्तो प्रकृतिको कर्जा प्रवाह बृद्धि भएको हो ।

सो अवधिसम्म वाणिज्य बैंकहरुबाट मात्रै १ खर्ब २५ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ४५.६५ प्रतिशत बढी हो । गत आवको मंसिर महिनासम्ममा वाणिज्य बैंकहरुबाट ८६ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै, विकास बैंकहरुबाट १९ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको त ुलनामा ११।३९ प्रतिशत बढी हो । गत आवको ५ महिनासम्ममा विकास बैंकहरुबाट १७ अर्ब ४५करोड ८१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको थियो ।

यता फाइनान्स कम्पनीहरुबाट भने जम्मा ३ अर्ब ५० करोड २१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह भएको छ । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १५.७५ प्रतिशत बढी हो । गत आवमा फाइनान्स कम्पनीहरुले ४ अर्ब १५ करोड रुपैयाँ बराबरको मार्जिन नेचरको लोन प्रवाह गरेका थिए । यस अवधिसम्म आइपुग्दा अधिकांश फाइनान्स कम्पनीहरुको यस्तो कर्जा प्रवाह घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.