सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा पुनःनिर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपाल सरकारको भौतिक संरचना पुनःनिर्माण कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ। कम्पनीले यो सहयोग गत भदौ २३–२४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका राष्ट्रिय सम्पदा र भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि गरेको जनाएको छ।

