Bizshala
  • बुधबार, पुष २३,२०८२ 06:11:52
Bizshala
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा पुनःनिर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग

Hyundai Nepal
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा पुनःनिर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले नेपाल सरकारको भौतिक संरचना पुनःनिर्माण कोषमा रु. १ करोड १ लाख सहयोग प्रदान गरेको छ। कम्पनीले यो सहयोग गत भदौ २३–२४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण क्षति पुगेका राष्ट्रिय सम्पदा र भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि गरेको जनाएको छ।

CG Motors
Bizshala
Garima Development Bank

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले चेक अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा अर्थ मन्त्रालयका उच्च अधिकारी, कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिती रहेको थियो।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

कार्यक्रमका क्रममा अर्थ मन्त्री खनालले सहयोगका लागि धन्यवाद व्यक्त गरे भने अध्यक्ष श्रेष्ठले योगदान राष्ट्रप्रति कर्तव्यबोधका साथ गरिएको उल्लेख गर्दै, गत वर्ष बाढी–पहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा रु. ५१ लाख योगदान गरेको जानकारी दिए। उनले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सम्पत्तिहरूको बीमा दाबीबाट हालसम्म १ अर्ब ९२ करोड रुपैयाँ भुक्तानी भइसकेको जानकारी समेत दिए।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यसरी सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको योगदानमा आफ्नो सक्रियता जारी राखेको जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.