काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले गत माघ ३ गतेदेखि बोलकबोलमार्फत बिक्रीमा राखेको कम्पनीको संस्थापक समूहतर्फको ३ लाख कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु,वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले आवेदन पेश गर्न सक्नेछन् ।
सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।