सिताराम गोकुल मिल्क्सद्वारा नयाँ वेबसाइट र मोबाइल एपको घोषणा: अब दुग्धजन्य उत्पादनहरू डिजिटल प्रविधिमार्फत सहजै उपलब्ध हुने
काठमाण्डौ । दुग्ध उत्पादक कम्पनी सिताराम गोकुल मिल्क्स प्राइभेट लिमिटेडले आफ्ना उपभोक्ताहरूलाई थप सहज र आधुनिक सेवा प्रदान गर्ने उद्देश्यले नयाँ आधिकारिक वेबसाइट (sitaramdudh.com) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यसका साथै कम्पनीले आगामी एक साताभित्रै एन्ड्रोइड (Android) तथा आईओएस (iOS) दुवै प्लेटफर्ममा उपलब्ध हुने गरी आफ्नै मोबाइल एप पनि सार्वजनिक गर्ने घोषणा गरेको छ।कम्पनीको...

