'ब्रोकर एशोसिएसनले भन्यो,‘पूँजी बजारको भविष्य उज्वल छ, उच्च मनोबल र संयमित भएर कारोबार गर्नू !'
स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पूँजी बजारको दीर्घकालीन सम्भावना उज्जवल रहेको भन्दै लगानीकर्तालाई आत्मविश्वासका साथ संयमित ढंगले कारोबार गर्न आग्रह गरेको छ। पछिल्लो समय बजारमा देखिएको अनिश्चितताका कारण लगानीकर्ताको मनोबल कमजोर भएको भन्दै अब धैर्य र सकारात्मक दृष्टिकोणका साथ अघि बढ्न एसबानका अध्यक्ष सागर ढकालले आह्वान गरेका हुन्।