जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ
काठमाण्डौ । शंकर ग्रुपका भाईस चेयरमेन तथा सोही ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सका चेयरमेन सुलभ अग्रवाल पक्राउ परेका छन् । उनलाई प्रहरीले भैरहवास्थित नेपाल भारत सीमा नाकाबाट पक्राउ गरेको प्रहरी स्रोतले पुष्टि गरेको छ । सुलभ अग्रवाल यसअघि कोभिडकालमा थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका थिए । सो बेला केही दिन हिरासत बसी उनी छुटेका थिए ।

