काठमाण्डौ । काठमाण्डौ जिल्ला अदालतले शंकर ग्रुपका सञ्चालक तथा व्यवसायी सुलभ अग्रवाललाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
अग्रवाललाई शनिबार पक्राउ गरिएको थियो। अग्रवाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा पक्राउ परेका थिए । उनीविरुद्ध अनुसन्धानका लागि हिरासतमा राख्न अदालतका जिल्ला न्यायाधीश जगत पौडेलले अनुमति दिएका हुन्।

