सरकारले सहयोग नगरेकामा बैंकर असन्तुष्ट, ‘बिजिनेश नै नहुने ठाउँमा शाखा खोल्न लगाएर अहिले सुविधा खोस्ने ?’
काठमाण्डौ । सरकारले आफूहरुलाई सहयोग नगरेकोमा बैंकरहरु असन्तुष्ट देखिएका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघ(एनबीए)कै अधिकारीहरु सरकारको रबैयाप्रति असन्तुष्ट देखिएका हुन् । सरकारले कतिपय नीतिहरु निर्माण गर्दा, पूर्व निर्णयहरु परिवर्तन गर्दा आफूहरुसँग छलफल नगरेको, विगतमा गरिएका प्रतिबद्धता थाहै नदिई खारेज गरिएको र...