बिहीबार, श्रावण १४,२०८३ 11:19:38
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:19:38
Bizshala
Global IME Bank Limited

वाणिज्य बैंकका सीइओले भेटे अर्थमन्त्रीलाई, अवगत गराए आफ्ना समस्या

वाणिज्य बैंकका सीइओले भेटे अर्थमन्त्रीलाई, अवगत गराए आफ्ना समस्या
New Office

काठमाण्डौ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघ(एनबीए)ले नवनयिुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बैंकिङ्ग क्षेत्रले भोगिरहेको समस्याको विषयमा अवगत गराएको छ । 

एनबीएका अध्यक्ष सुनिल केसीको नेतृत्वमा अर्थमन्त्रीलाई बधाई ज्ञापन गर्न पुगेको टोलीले आफूहरुले भोगिरहेको समस्या समेत अवगत गराएको हो । 

केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखापरेका चुनौतीहरुका विषयमा समेत जानकारी गराएका थिए ।  

संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्य पक्षबाट भएका धरपकडको घटना लगायतको विषयमा अवगत गराउँदै आगामी दिनहरुमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक बृद्धिमा सहयोग गर्न लगातय वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ्ग क्षेत्र सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।  

अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताउँदै आर्थिक विकासका लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने बताए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.