सोमबार, असार २,२०८२ 06:17:35
  • सोमबार, असार २,२०८२ 06:17:35
Global IME Bank Limited

'मनिटरी साइड स्ट्रङ भए पनि सरकारको कमजोर क्षमताले अर्थतन्त्रमा शिथिलता'

सुनिल केसी भन्छन्-'हाम्रो बैंकिङ दक्षिण एशियाकै व्यवस्थित छ, हामी खुल्ला किताब झै छौं'

Hyundai Nepal
'मनिटरी साइड स्ट्रङ भए पनि सरकारको कमजोर क्षमताले अर्थतन्त्रमा शिथिलता'
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बैंकर्स एशोसिएसन(एनबीए)का प्रेसिडेन्ट सुनिल केसीले मनिटरी साइड निकै बलियो भए पनि सरकारको बजेट नीति तथा कार्यान्वयनको अवस्था कमजोर हुँदा अर्थतन्त्रमा शिथिलता देखिएको टिप्पणी गरेका छन् ।  

सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  

सही मौद्रिक नीतिकै कारण अर्थतन्त्रको बाह्य क्षेत्र निकै सुखद रहेको भए पनि सरकारले भने आर्थिक गतिविधि बढाउन ध्यान नै नदिएको उनको भनाई थियो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘मनिटरी साइड स्ट्रङ हुँदा दक्षिण एशियामै हाम्रो बैंकिङ सवल, सक्षम र सुरक्षित देखिएको छ ।’ एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत समेत रहेका केसीले भने–‘हामी अरु देशभन्दा प्रोफेसनल्ली म्यानेज छौं । पारदर्शी संस्कृति छ हामीमा । हामी बैंकहरु जे छौं, खुल्ला किताब झै छौं ।’  

उनले दक्षिण एशियामै नेपाल यस्तो देश हो, जहाँ गुड लोनको समेत १.२५ प्रतिशत प्रभिजनको व्यवस्था रहेको समेत सुनाए । ‘भारतमै पनि यस्तो हुन्न ।’ उनले भने–‘लोन लस प्रभिजनमा हामी जति कडा भयौं, अब अवस्था सहज बन्दै जाँदा यसमा केही न केही सोच्न आवश्यक छ । यस दिशातर्फ हामीले छलफल पनि अगाडि बढाइसकेका छौं ।’  

उनले झट्ट हेर्दा अप्ठ्यारो जस्तो देखिए पनि नेपालको बैंक तथा वित्तीय संस्थाहरु कन्ट्रोलमै रहेका दाबी समेत गरे । ‘हामीले १२०० अर्ब लगानी सरकारी ऋणपत्रहरुमा मात्र गरेका छौं । ५ लाखसम्मको निक्षेपको बीमा हुने हुँदा थप साढे १२ खर्बको डिपोजिट त्यत्तिकै सुरक्षित छ ।’ उनले थपे–‘खराब कर्जाको अनुपात हेर्दा हामी दक्षिण एशियामै सुविधाजनक अवस्थामा छौं । ग्रस एनपीए ३.४ प्रतिशत र नेट एनपीए १.१ प्रतिशत मात्र छ ।’ 

उनले अमेरिका, यूरोप, भारत लगायतका क्षेत्र तथा देशमा बैंकको ब्याजदर घट्दो क्रममा रहेको उल्लेख गर्दै नेपालमा समेत त्यस्तै परिदृश्यहरु देखिएका बताए । यसलाई केसीले अर्थतन्त्रमा स्ट्याबिलीटी हुँदै गरेको संकेतको रुपमा बुझ्नुपर्ने समेत दाबी गरे ।  

नेपालमा मुद्रास्फिति पनि घटेको, बाह्य क्षेत्र पनि सुखद रहे पनि सरकारको खर्च गर्नसक्ने क्षमता न्यून रहेकै कारण आर्थिक गतिविधि बढ्न नसकेको दोहोर्याए ।  

उनले सबै सूचक ठीकठाक हुँदै गर्दा बैंकहरुको औसत वितरणयोग्य मुनाफा भने चिन्ताजनक ढंगले घटिरहेको बताए । 'यसमा चाहिँ अब ध्यान दिन आवश्यक छ ।'-उनले थपे । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.