उत्पादन क्षेत्रमा सुस्तता आउदा बेलायतको अर्थतन्त्रमा संकुचन
काठमाण्डौ । बेलायतको अर्थतन्त्रमा संकुचन आएको छ । उत्पादनमा सुस्तता आउदा जनवरीमा बेलायतको अर्थतन्त्र ०.१ प्रतिशत खुम्चिएको हो । गत डिसेम्बरमा ०.४ प्रतिशतले बढेको बेलायतको अर्थतन्त्रले अपेक्षा गरेभन्दा कमजोर प्रदर्शन गरेको रिपोर्ट सार्वजनिक भएको छ । आर्थिक वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको जनाउने बेलायत सरकारका लागि यो प्रतिवेदनले झट्का दिएको जनाइएको छ ।