भोल्स्गवागेनको नाफा १५% ले घट्यो, सेयरधनीहरुको लाभांशमा ३०% को कटौती
काठमाण्डौ । जर्मनीको अटो निर्माता कम्पनी भोल्स्गवागेनको नाफामा १५ प्रतिशतको गिारवट आएको छ । पुनर्संरचना रणनीतिका कारण लागत तथा खर्चमा उल्लेख्य वृद्धि भएसँगै कम्पनीको वार्षिक नाफामा गिरावट देखिएको हो । कम्पनीले सन् २०२४ मा ३५२.८ बिलियन डलर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा यो रकम ५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ ।