काठमाण्डौ । जर्मनीको अटो निर्माता कम्पनी भोल्स्गवागेनको नाफामा १५ प्रतिशतको गिारवट आएको छ । पुनर्संरचना रणनीतिका कारण लागत तथा खर्चमा उल्लेख्य वृद्धि भएसँगै कम्पनीको वार्षिक नाफामा गिरावट देखिएको हो ।
कम्पनीले सन् २०२४ मा ३५२.८ बिलियन डलर आम्दानी गरेको छ । कम्पनीले सन् २०२५ मा यो रकम ५ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको छ ।
यस्तै कम्पनीले गत वर्ष ५.९ प्रतिशतले घटेको अपरेटिङ मार्जिन सन् २०२५ मा ५.५ प्रतिशतदेखि ६.५ प्रतिशतको बीचमा रहने जनाएको छ ।
सन् २०२४ मा कम्पनीको सवारी साधन बिक्री ३.५ प्रतिशतले घटेको छ । यस्तै कम्पनीले आगामी मे महिनामा आयोजना हुने वार्षिक साधारण सभामा साधारण सेयरधनीहरुको लागि प्रतिकित्ता ६.३० यूरो र प्रिफरेन्स सेयरहोल्डरका लागि ६.३६ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले कम हो ।