वर्ल्डलिंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग
काठमाण्डौ। भोटेकोशीमा आएको बाढीका कारण प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।कम्पनीले विपद्को कठिन समयमा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धतासहित उक्त सहयोग रकम प्रदान गरेको जनाएको छ।

