स्वदेशी लगानीको बहुक्षेत्रीय ई-कमर्स प्लेटफर्म ‘Yetideal.com’ सञ्चालनमा
काठमाडौं। पूर्ण रूपमा स्वदेशी लगानीमा निर्माण गरिएको बहुक्षेत्रीय एक्सप्रेस ई–कमर्स प्लेटफर्म ‘Yetideal.com’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।‘यति सस्तो, यति छिटो’ नारासहित सुरु भएको प्लेटफर्मले विभिन्न श्रेणीका गुणस्तरीय सामग्री किफायती मूल्य र द्रुत डेलिभरीमार्फत ग्राहकसम्म पुर्याउने लक्ष्य राखेको जनाएको छ।प्लेटफर्ममा इलेक्ट्रोनिक्स, दैनिक उपभोग्य वस्तु, हार्डवेयर तथा...

