१० कित्ते नीतिको बचाउमा लगानीकर्ता, ‘बुक बिल्डिङका नाममा महँगो सेयर नभिडाऔँ’
काठमाण्डौ । पछिल्लो समय सेयर लगानीकर्ताबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लागू हुँदै आएको १० कित्ता नीतिलाई लिएर बहस चर्किएको छ । केही लगानीकर्ताले आईपीओमा १० कित्ते आवेदन प्रणाली खारेज गर्नुपर्ने तर्क गरिरहेका छन् भने अर्को समूहले भने यो नीति हटाउन नहुने बताएको छ ।विशेषगरी बजारका केही अगुवा लगानीकर्ताहरुले १० कित्ता नीति पूँजीबजारका लागि घातक रहेको र बजारमा...

