भारतबाट चिनी आयातका लागि कम्पनीहरूलाई सरकारको आह्वान
काठमाण्डौ। सरकारले भारतबाट चिनी आयातका लागि कम्पनीहरूलाई आह्वान गरेको छ। बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १९ हजार मेट्रिक टन चिनी ल्याउन सूचना जारी गरेको हो। छनोट भएका प्रत्येक कम्पनीले २६ सय मेट्रिक टन चिनी ल्याउनुपर्ने जनाएको छ।विभागले बुधबार एक सूचना जारी गर्दै पाँच दिनभित्र आवेदन दिइसक्न कम्पनीहरूलाई भनेको छ। भारतले आगामी सेप्टेम्बर ३० सम्मको...