लुटिएका हातहतियार फिर्ता गर्न सशस्त्रको आग्रह
काठमाण्डौ । सशस्त्र प्रहरी बल (एपीएफ)ले जेनजीको प्रदर्शनका क्रममा लुटिएका सुरक्षा निकायका हातहतियार गोलीगठ्ठा, पोसाक, सञ्चार साधान र सुरक्षासँग सम्बन्धित सामग्री फिर्ता गर्न आग्रह गरेको छ। सशस्त्रले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । केहीले हातहतियार तथा सामानहरू फिर्ता गरिसकेको र नगर्नेहरूलाई फिर्ता गर्न भनिएको छ ।