काठमाण्डौ । सशस्त्र प्रहरी बल (एपीएफ)ले जेनजीको प्रदर्शनका क्रममा लुटिएका सुरक्षा निकायका हातहतियार गोलीगठ्ठा, पोसाक, सञ्चार साधान र सुरक्षासँग सम्बन्धित सामग्री फिर्ता गर्न आग्रह गरेको छ।
सशस्त्रले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । केहीले हातहतियार तथा सामानहरू फिर्ता गरिसकेको र नगर्नेहरूलाई फिर्ता गर्न भनिएको छ ।
त्यस्तै त्यस्ता सामान कसैले लुकाएर राखेको भए सशस्त्र प्रहरी बलको टोल फ्रि नम्बर १११४ वा अन्य सुरक्षा निकायमा जानकारी गराउन पनि सशस्त्रले अनुरोध गरेको छ।